वामदेव गाैतमलाई राष्ट्रियसभाकाे सदस्यमा सिफारिस

9Shares

काठमाडौं : सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय सभा सदस्यका लागि गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

राष्ट्रपतिले मनोनयन गर्ने कोटामध्येबाट गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न लागिएको हो। यसअघि सिफारिस गरिएका डा. युवराज खतिवडाले २ वर्षे कार्यकालको गोला टिपेपछि गत फागुनमै खतिवडाको कार्यकाल सकिएको थियो।

२०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न २०७६ मंसिर १४ गते बसेको नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीबाट सो निर्णय नहुँदा पार्टीभित्र विवाद भएको थियो।

गत भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको यसअघिको निर्णय कार्यान्वयन गर्ने र गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने प्रतिवद्धता जनाएका थिए।

9Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *