समाजसेवी तथा गीतकार यसु थापाको ‘आगमन’ राज सागरको मीठो स्वरमा सजिएको गीत बजारमा (भिडियो सहित)

52Shares

काठमाडौँ : कोरोनाको महामारीले अहिले अन्तर्राष्ट्रिय जगतनै आतंकित र त्रसित बनेको समयमा हाम्रो देश पनि अछुतो रहन भने सकेको छैन अहिले पनि पुरै देश बन्दा बन्दिको अवस्थामा रहेको छ ।

लकडाउनले गर्दा यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा सांगीतिक क्षेत्रमा पनि प्रभाव परिरहेको छ । दिनहुँजसो भिडियो छायांकनमा व्यस्त हुने कलाकारहरु, रेकर्डिङमा व्यस्त हुने गायक, गायिका, गीतकार तथा संगीतकारहरु यतिबेला लकडाउनको नियम पालाना गर्दै घरमै बसिरहेका छन् ।

बिदेशीभुमिमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने नेपाल र नेपालीहरु को हरेक दु:ख पीडामा साथ र सहयोग गर्दै आउनु भएको गितकार, गजलकार तथा समाजसेवी यसु थापाले आफ्नै शब्दमा ‘आगमन’ बोलको गीत आफ्नै अफिसल युट्युब च्यालन मार्फत सार्वजनिक गर्नुभएको छ । यस गितमा स्वर र संगीत राज सागरको रहेको छ भने संगीत संयोजन रिकेश गुरुङको रहेको छ ।

अमिर शेकले निर्देशन गरेको भिडियोलाई रुपेश थापाले छायांकन गर्नुभएको छ भने यस गीतको भिडियोमा अमिर शेक र जयतोसना योगिको अभिनय रहेको छ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड जित्न सफल यसु थापाको रचनामा थुप्रै गायक गायिकाले स्वर दिएका छन् । लामो समय देखि गित संगीतमा आफ्नो बलियो कमल चलाउदै आएकी थापाले निकै चर्चित चर्चित गायक गायिकाको आवाज धेरै गीत रेकर्ड गराइसकेकी छन् ।

भिडियो हेर्नुहोस :

52Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *