गायक तथा संगीतकार साजन राईको मीठो स्वरमा सजिएको ‘गाउँ घरै रमाइलो’ सार्वजनिक (भिडियो सहित)

10Shares

काठमाडौं : गायक तथा संगीतकार साजन राईको मीठो स्वरमा सजिएको “गाउँ घरै रमाइलो” गीतको भिडियो सार्वजनिक भएको छ ।

रमेश कार्कीको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार साजन राईले संगीत भरेका हुन् । गीतमा सन्जिव बराईलीको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो डोरेमीमा श्याम बग्दाशले रेकर्डिङ अनि प्रदीप जोशीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

OSR Digital युट्युब च्यानलबाट सार्बजनिक गरिएको यस गीतको भिडियोमा अभिनेता गौरव पहारी तथा अभिनेत्री मेनुका प्रधानको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

चर्चित निर्देशक किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाङ्फेले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेलेनै छायांकन गरेका हुन् भने अनिल रानाले भिडियो सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस :

10Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *