सन्दर्भ : ५८ औं नेपाल रेडक्रस सोसाइटी दिवस

1.1K+Shares

✍ हरिकुमार राई

१. बिषयमा प्रवेश :
रेडक्रस भन्ने वितिकै प्राकृतिक वा गैर प्राकृतिक विपद्मा राहत बाँड्ने, दिनरात एम्बुलेन्स सेवा दिने, रक्तसंचार केन्द्र सेवा प्रदान गर्ने, सामुदायिक सेवा प्रवाह गर्ने, भनौ न संरचनात्मक तथा गैर संरचनात्मक विपद् प्रतिकार्यको क्षेत्रमा सत्तिसालको रुख जस्तै दरो परिचय बोकेको स्वयम्सेवीहरुको संस्था हो भनेर चिनिन्छ ।

२०७७ भाद्र १९ गते नेपाल रेडक्रस सोसाइटीको ५८औं स्थापना दिवश हो । विश्व नै कोभिड१९ को कहरका डुबेको बेलामा रेडक्रसकर्मीहरुले नेपाल रेडक्रस सोसाइटीको ५८औं स्थापना दिवश, विपद्मा अहोरात्र खटिनुहुने हरेक स्वयंसेवकहरुको सम्मान स्वरुप “ताली बजाउनुहोस (keep clapping)” भन्ने मुल नाराकासाथ देशभरि नै विविध कार्यक्रम गरी मनाउँदै छ ।

यस बर्षको स्थापना दिवश सायद भव्य औपचारिक भन्दा नि अनौपचारिक तर आफ्नो मूलभूत उदेश्यसंग सापेक्ष मेल खाने गरि सकरात्मक, रचनात्मक र प्रगतिशील तवरको हुने छ ।

२. रेडक्रस तथा रेडक्रिसेण्ट एक मानवीय संस्था हाे जस्को उत्पत्ति :

रेडक्रसको सोचकर्ता तथा जन्मदाता जाँ हेनरी ड्युना हुन् उनी स्वीटजरल्याण्डको जेनेभा मा सन् १८२८ मे ८ मा जन्मिएका हुन् । उनी एउटा अन्तर्राष्ट्रिय ब्यापारी भएको नाताले आफ्नो ब्यापारको सिलसिलामा सन् १८५९ जुन महिनामा इटालीको सल्फेरिनो भन्ने स्थानमा पुगेका थिए । त्यो ठाउँमा इटाली, फ्रान्स र अष्ट्रिया बिच भिषण युद्ध भइरहेको थियो, जुन युद्धमा ६ हजार भन्दा ज्यादा सैनिकहरुको मृत्यू र ४० हजार भन्दा बढी सैनिकहरु घाइते भएका थिए ।

उनले तत्काल आफ्नो सार्मथ्य र बलवुटाले भ्याएसम्म घाइतेहरुको सेवा गर्न पनि भ्याए । यो कहाली लाग्दो र विभत्स घटनाको साक्षात्संगै ड्यूनामा सुषुप्त रहेको परोपकारीता एक्काशी प्रष्फुटन भयो । जस्को परिणाम स्वरुप सन् १८६२ मा त्यही युद्धको वर्णन सहितको एउटा पुस्तक लेखे “सल्फेरिनोको सम्झना ( A memory of solferino) । जाँ हेनरी ड्युनाले यस पुस्तक मार्फत विश्वलाई दुुई विचार दिए,

१) युद्धको समयमा हताहत हुनेहरुको रेखदेखका लागि हरेक देशमा स्वयंसेवी उद्धार संस्थाको आवश्यकता,
२) यस्तो स्वयंसेवीहरुको संस्थालाई अन्तर्राष्ट्रिय मान्यता प्रदान त्यसै विचार अन्तर्गत

क. सन् १८६३मा “घाइतेहरूको उद्धारकालागि अन्तर्राष्ट्रिय समिति” गठन र सोही समितिलाई सन् १८७५ मा रेडक्रसको अन्तर्राष्ट्रिय समिति ( international committee of the red cross – icrc )

ख. सन् १९१९ मा ‘लीग अफ रेडक्रस सोसाइटीज’ कोे गठन
ग. सन् १९८३ देखि लीग अफ रेडक्रस एण्ड रेडक्रिसेन्ट सोसाइटीज भनिएको
घ. सन् १९९१ मा हालको प्रचलित नाम “रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ” ( international federation of the red cross and red crescent societies – IFRC) नामकरण गरिएको छ । हालसम्ममा १९२ देशमा यो अभियान सुचारु छ ।

३. रेडक्रस अभियानका ३ तीन अंगहरू

क. रेडक्रसको अन्तर्राष्ट्रिय समिति ( inteernational committee of the red cross – icr )
ख. रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरू
ग. रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ

४. रेडक्रसका आधारभूत ७ सिद्धान्तहरु :

मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयम्सेवा, एकता र विश्वव्यापकता

५. नेपालमा रेडक्रस अभियान :

क. स्थापना : २०२० साल भदौ १९ गते
ख. जेनेभा महासन्धिमा हस्ताक्षर : २०२० माघ २४ गते
ग. स्थानीय प्रशासनमा दर्ता : २०२१ श्रावण २५ गते
घ. आइ.सी.आर.सी. बाट मान्यता प्राप्तः २०२१ साल असोज १६ गते
ङ अन्तरर्राष्ट्रिय महासंघबाट मान्यता प्राप्त : २०२१ साल असोज १७ गते
च. नेपाल रेडक्रस सोसाइटीको संस्थापिका : स्व.प्रिन्सेप शाह (तात्कालिन अधिराजकुमारी)

६. दुरगामी लक्ष्य :


संस्थाको संगठनात्मक ढाँचाको सुदृढीकरण तथा विस्तारद्धारा सरकारी एवं गैरसरकारी संगठनहहरुसँग सम्पर्क स्थापनाका साथै सामुदायिक सहभागिता र स्वयम्सेवकहरुको अधिकतम परिचालन गरि मानवीय पीडामा राहत प्रदान गर्ने र संकटाभिमुखता कम गर्ने दुरगामी लक्ष्य रहेको छ ।

७. नेपाल रेडक्रस सोसाइटीको उद्देश्य :

धर्म, वर्ण, लिङ्ग, वर्ग, जात, जाति, भाषा, राष्ट्रियता वा राजनीतिक आस्थाको आधारमा भेदभाव नगरी मानवीय विपत्तिलाई रोक्न वा कम गर्न प्रयास गर्ने नेपाल रेडक्रस सोसाईटीको आधारभूत उद्देश्य रहेको छ ।

८. नेपाल रेडक्रस सोसाइटीका प्रमुख कामहरू :

क. विपद् व्यवस्थापन
ख. रेडक्रस सिद्धान्त र मानवीय मूल्यको प्रचार प्रसार
ग. स्वास्थ्य तथा सामुदायिक सेवा
घ. संगठन विकास

९. नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको एक चिनारी :


क. जिल्ला शाखाको नाम :– नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा धनकुटा

ख. जिल्ला शाखाको ठेगाना :– धनकुटा नगरपालिका वार्ड नं. ५, कर्मिटार

जिल्ला शाखाको सम्पर्क नं. : ०२६–५२०३५२ / ५२०१०२
एम्वुलेन्स सेवा :- ९८६२३२७५४५ / ९८४९८१८०४० र ९८६२२०१२३० / ९८१४३४४४९१
(एम्वुलेन्स सेवा चौविसै घण्टा खुल्ला छ)
इमेल : nrcsdhankuta2015@gmail.com
ग. जिल्ला शाखाको स्थापना :– २०३८ साल

घ. बर्तमान जिल्ला कार्यसमितिको निर्वाचन :– २०७६/१०/१८ गते

ङ. कार्यसमितिको नियमित बैठक :– प्रत्येक महिनाको ५ गते

च. जिल्ला कार्य समितिको गठन :– महिला ६, पुरुष १२ जना गरी जम्मा १८ जना रहेको छ ।

छ. जिल्ला शाखामा गठन भएको उपसमितिहरु :- १३ वटा ।

ज. जिल्ला शाखा अन्तरगत गठन भएका उपशाखाहरु :– ३२ वटा उपशाखा

झ. सदस्यता,
१. यशस्कर सदस्य : १३ जना
२. विशिस्ट सदस्य : ४ जना रहेको छ ।
३. आजिवन सदस्य : ६८२ जना महिला र २२९७ जना पुरुष गरि जम्मा २९७९ जना ।
४. साधरण सदस्य (५ बर्षे) : ४ जना महिला र ३ जना पुरुष गरि जम्मा ७ जना ।

ञ. जुरे/यूरे सर्कल संख्या,
१. जुनियर रेडक्रस सर्कल : ३७ वटा
२. यूवा रेडक्रस सर्कल : २ वटा

१०. नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाको दुरदृष्टि :
संकटसन्न क्षेत्रमा मानवीय विपत्ती कम गर्न उत्थानशील समुदायको निर्माण ।

दुरगामी लक्ष्य :
संस्थागत सुदृढिकरण, दक्ष स्वयमसेवक उत्पादन र परिचालन गर्दै आईपर्ने विपदलाई व्यवस्थापन गर्ने ।
रणनैतिक उदेश्य :
क. स्थानीय सरकार तथा सरकारी निकायहरुसंग विपद व्यवस्थापन बारे सहकार्य,
ख. उपशाखाहरुको नेतृत्व विकास, समन्वय र संचार क्षमतामा अभिबृद्धी,
ग. समुदाय तथा नेरेसो ब्यबस्थापकहरुमा विपद व्यवस्थापन सम्बन्धि ज्ञान,
घ. विद्यालय तथा समुदायहरुमा विपद सम्बन्धि सचेतनाको कार्यक्रम ।

लेखक : नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखा सभापति

1.1K+Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *