राजेश पायल राईको आवाजमा एलिश राई र नग्मा श्रेष्ठको अभिनय (भिडियो सहित)

13Shares

काठमाडौं : चर्चित गायक राजेश पायल राईको मीठो स्वरमा सजिएको गीतको भिडियो ‘खै के भयो’ सार्वजनिक भएको छ ।

रमेश मगरको शब्द अनि संगीतमा रहेको यस गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो किङमा सुरेश राई र मनोज साङ्सोन रेकर्डिङ अनि राजु कार्कीलेनै मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

SANTOSH DUMEE OFFICIAL CHANNEL युट्युब च्यानलबाट सार्बजनिक गरिएको यस गीतको भिडियोमा एलिश राई, नग्मा श्रेष्ठ र निनम हाङ राईको अभिनय देख्न सकिन्छ ।

निर्देशक सन्तोश दुमिले निर्देशन गरेको यस गीतको भिडियोमा किशन भुशालको नृत्य निर्देशन, धन खालिङ र श्री थापाको छायांकन रहेको छ भने धन खालिङलेनै भिडियोको सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस :

13Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *