बाहिर जति हल्ला थियोे तेस्तो रहेनछ कोरोना भाइरस

13Shares

✍ चंदन रौनियार

कोभिड–१९ कोरोना भाइरस संक्रमणको समाचार अग्रपंक्तिमा रही संकलन गर्दागर्दै संक्रमित भई अहिले मा मोरङको सुन्दरहरैंचा–८ स्थित प्रदेश १ स्तरिय आइसोलेशनमा बसेको छु । आइसोलशनमा आइपुगे पनि समाचार सम्प्रेषण गर्ने काम जारी राखेका छु ।

आइसोलशनमा अहिले धनकुटा, सुनसरी, मोरङ, पाँचथर, झापाका गरी ८० जना संक्रमितहरु रहेका छन् । संक्रमितहरुमा प्रायःा नेपाल प्रहरी, नेपाल आर्मी, शस्त्र प्रहरी, स्वास्थ्यकर्मी र सरकारी कर्मचारीहरु छन् । प्रायः सबैको स्वास्थ्यस्थिति सामान्य छ । आइशोलेसनमा स्वास्थ्यकर्मीहरु बेला बेला आउँछन् । स्वास्थ्य अवस्था बुझेर समान्य टाउको दुःखने, पखाला, ग्यास्टिकका समस्याहरुका औषधी दिने गरेको छ । ।

खाना २ छाक दिन्छ । एक छाका मासु या अन्डाको तरकारी दिन्छ । दुई टाइम बिहानको खाजा दिन्छन् । चाना तथा कहिले बिस्कुट चिया, कहिले कहाकी फलफूल दिने गरेको छ । यहाँ रहेका संक्रमितहरु संग मित्रतवत् कुराकानी गफगाफ हुन्छ । अधिकास संगको कुराकानीमा घरमा आशोलेसन बस्नु भन्दा यहाँ रमाइलो हुनेगरेको बुभिन्छ । शायद धेरै जागिर जीवनका भएर होला ।

तथापी एकान्तमा सबैको मनमा संक्रमितहरुका बारेमा बाहिरी दुनियाँले के भन्दा हुन भन्ने लाग्नु अस्वाभाविक हुन्न । मलाई लागेको कुरा, आजकाल मेरो परिचय फेरिएको छ । मेरो नाम र इज्जत दुवै हराएको छ । म यो सामाज अनि देशको संक्रमित भनेर चिनिएको छु । लाग्छ, कोरोना पोजेटिभ भएर मैले ठूलै अपराध गरें । मलाई यस्तो भान भएको छ कि, मेरो शरीरमा आत्मघाती बम नै छ र यो बम जति बेला पनि पड्केर समाजलाई सखापै पार्न सक्छ भन्ने किन समाजले सोचिरहेको छ ?

हिजोसम्म सबै मिलेर बसेको समाजमा आज एकाएक संक्रमणपछि एउटा अछुत र फेरि कहिल्यै यो समाजमा काम नलाग्ने व्यक्तिको रुपमा प्रचारित हुँदैछु । अर्कोतर्फ मलाई उपचार गर्ने डाक्टर, नर्स लागायतका स्वास्थ्यकर्मीप्रति आभार नमन प्रकट गर्दछु । सबैभन्दा पहिलो कुरा, हामी आफू रोगसँग लड्नसक्ने क्षमताको विकास अनि अपनाउनुपर्ने सावधानी सबै बिर्सेर संक्रमणलाई अनावश्यक अतिरन्जित बनाउन तल्लिन भएका छौं जस्तो लाग्छ ।

मानौं, ठूलै युद्ध हुँदैछ, अनि अर्कोतर्फ एक पटक नेगेटिभ रेपोर्ट आयो भन्दैमा अब कहिल्यै लाग्दैन जसरी हिँडेको पनि देखिएको छ । के यही हो हाम्रो चेतना ? नेगेटिभ रिपोर्ट आउनेहरु पनि तयारी मानसिकतामा बस्नु होल, जहिले पनि संक्रमण हुनसक्छ, भनेर । भ्रममा कहिले पनि नबस्नु होला किनकी हस्पिटलबाट फर्कदा पनि पोजेटिभ हुनसक्छ ।

म एउटा संक्रमित भएकाले भन्न चाहन्छु, मलाई संक्रमण देखिएको अर्थात् टेस्ट गराएको आठौ दिन पूरा भयो । तर म भित्र भाइरस कति दिन देखी थियो भन्न सक्दिनँ । पोजिटिभ रिपोर्ट आएकै कारण ममा खासै अप्ठ्यारो पार्ने कुनै लक्षण समेत देखिएको छैन । लक्षण नै नभएका कति म जस्ता व्यक्ति होलान ? म त कुनै लक्षण बिना नै टेस्ट गराएँ, पोजिटिभ रिपोर्ट आयो । अरुले पनि टेस्ट गर्दा देखिएको हो ।

टेस्ट नै नगरी पनि कति मानिस निको नै भइसकेको पनि होलान् । मेरो अनुभवले के भन्दछ भने आम मान्छेले के के नै हो जस्तो गरेर हल्ला गरेको जस्तो कुनै किसिमको असर भने मैलै अनुभव गरेको छैन । आत्मबल, शरीरको रोग प्रतिरोधात्मक क्षमता, तातो पानी, कागती पानी, सुपहरु, प्रोटिनयुक्त झोल तथा ठोस कुराहरु, बाफ लिने र शारीरिक व्यायामबाट यस्लाई सजिलै जित्न सकिन्छ ।

तर दीर्घरोगको औषधि खाइरहेका लाई संक्रमण देखीए अलि बढी संयमित अनि अस्पतालको साहारा लिनुपर्ने हुन सक्छ । होइन भने यो संक्रमणलाई घरमै बसेर सजिलै जित्न सकिन्छ । त्यसैले लागिहाल्यो भन्दैमा आत्तिनु जरुरी छैन । सामाजिक सञ्चालन सहित समाजमा हुँदै आएको अतिप्रचारले सर्वसाधारणको मानसिक स्थिति लाई कमजोर बनाउने काम भएको छ । तर प्रचार भएजस्तो चिन्ता लिनु पर्दैन ।

सोचेको भन्दा धेरै सजिलै कोरोनालाई जित्न सकिन्छ । जित्ने आफैंले हो, केयर पनि आफैं गर्ने हो । अरु कसैलाई दोष दिएर केही हुँदैन । मेरो अनुभवमा कोरोना भाइरस संक्रमण बाट बच्न सामाजिक दूरी, मास्क, साबुनपानी, स्यानिटाइजर अनि घरको सरसफाइमा अत्यधिक ध्यान दिनु जरुरी छ । यसबाट कोरोना संक्रमण बाट मात्र नभई अन्य धेरै रोगबाट पनि बच्न मद्दत मिल्छ ।

नेपालीले कोरोनाभन्दा कडा खालका भाइरस जितेर आउक्ँ छन् । यो रोग नौलो भएर मात्र भयावह लागेको हो । नेपालमा मृत्यु भएका प्रायः सबै मानिस हेर्दा दीर्घ रोग भएकाहरु मात्र बुझिन्छ । उनिहरु आफैंले केयर कम गरेर अन्तिम अवस्थामा मात्र थाहा भएका व्यक्तिहरु भएका हुन् । आत्मविश्वास र मानसिक स्थितिलाई बालियो बानाउने अरुको भयत्राशको कुरा धेरै नसुन्ने, कोरोनालाई सजिलै जित्न सकिन्छ ।

13Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *