सिन्धुपाल्चोकका पहिरोमा ज्याज गुमाउने परिवारलाई १ लाखका दरले राहत दिने गाउँपालिकाे निर्णय

9Shares

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जुगल गाउँपालिलकाको लिदि पहिरोमा ज्यान गुमाउनेहरुका परिवारलाई १ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो ।

काजकिरिया खर्चका लागि मृतकका परिवारलाई तत्काल २५ हजार रुपैयाँ दिने पनि निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । शनिबार थप सात जनाको शव फेला परेको थियो ।

यस्तै पहिरोपीडितका लागि तामाङ कलाकार संघले रु एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ । संघले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । संघका तर्फबाट एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट २५ हजार सहयोग भएको संघका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए ।

9Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *