कोरोना भन्दा सामाजिक सोच परिवर्तन गर्न जरुरी

34Shares

सुनसरी : कोभिड–१९ का कारण देशमा करिब ५ महिना देखी लकडाउनमा छ । कोरोना संक्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ, भने निको हुनेको संख्या पनि उतिकै बढेको छ । तर कोरोना संक्रमित र उनीहरूको परिवारलाई दुव्र्यवहार, अपमान र त्रास दिने काम समाजमा भैरहको छ ।

समाजका अधिकांश मानिसको सोचाइमा कोरोना संक्रमण भएका व्यक्ति र उनका परिवारका सदस्यहरू ठुलै अपराधी जस्ता भएका छन ।

कोरानाको महामारीमा पनि अग्रपक्तीमा रहेर घर परिवार नभनि खटिएकाहरुलाई संक्रमण देखियो भन्ने हेला गर्ने अपमान गर्ने सामाजिक बहिस्कार गर्ने जस्ता कार्यहरु पनि देखिएका छन ।

धेरै कोरोना संक्रमितहरू आइसोलेसनमा अथवा अस्पतालमै पनि रमाउने, कोरोनाको सावधानी अपनाउने बारे सबलाइै सचेतना गराइरहेका छन । अरुलाइ संक्रमण नहोस भन्ने मा पुर्ण सचेत रहेको देखिन्छ ।

कोराना संक्रमितको ठेगाना भएको गाउँमा गएकाहरु कोराना लाग्यो भनेर अफवाह फैलाउने , काम बिशेषले संक्रमति धेरै रहेको जिल्लामा पुगेर फर्केर सुरक्षित हुदै घरमा वा होटलमा क्वारेन्टाइमा रहदा पनि कोराना लागेको भन्दै हल्ला गर्ने परिवारका सदस्यहरुलाई मानसिक तनाव दिने कार्यहरु हुन थालेका छन ।

कोरोना संक्रमण देखिएका व्यक्तिलाई उनीहरुको परिवारलाइ सान्त्वना, हौसला साथै सावधानीको बारेमा सुझाउनु भन्दा फलानालाई कोरना, फलोनोको उस्लाइ कोरोना भन्दै अनावश्यक हल्ला र मानसिक तनावले झन समस्या थपिरहेकाे छ ।

संक्रमण निको भएर घर फर्किदा समेत समाजले हेर्ने दृष्टिकोण र व्यवहार फरक छ । कोरोना सामान्य रोग हो साबधानी अपनाए यस्लाई सजिलै जित्न सकिन्छ । प्रयाप्त आराम गर्दा, सकारात्मक सोच राख्दा, संक्रमितलाई हौसल्ला दिदा, पोषण युक्त खानेकुरा र व्ययामले धेरै निको भएका छन् ।

संक्रमितको उच्च मनोवल र समाजको हौसल्ला पनि यस रोगलाइ जित्ने औषधी कै मात्रा हुन सक्छ ।

कोराना भाइरस जो कोहीलाई संक्रमण हुनसक्छ । टोल, छिमेकमा उस्लाई लाग्यो रे, फलानो क्वारेन्टाइनमा छ रे, आइसोलेसनमा छ रे, सामाजीक बहिस्कार गर्नुपर्छ, त्यो गाउमा जान हुदैन भन्ने जस्ता बिषयले बलियो सामाजीक संरचना नै कमजोर नबनाउला भन्न सकिन्न ।

कोरोना जितेर आएका दुहवी वडा नं. ५ निवासी विवेक साहका अनुसार आफ्नो १० दिनको आसोलेसन बसाईमा कोरोना केही पनि हैन, यसलाई सजिलै जित्न सकिन्छ, कुनै व्यक्तिले , परिवारले चाहेर वा थाहा पाएर लाग्ने होइन निर्दोष हुदा हुदै पनि संक्रमण हुन सक्छ । नलाग्न दिनका लागि सावधानी अपनाउनु पर्छ । आफ्नो दैनिकी प्रयाप्त आराम गर्दा, सकारात्मक सोच राख्दा, संक्रमित लाइ हौसल्ला दिदा, पोषण युक्त खानेकुरा र व्ययामले निको भएका बताए ।

यसैगरी कोरोना जितेर आएका दुहवी ४ निवासी एक व्यक्तिले आफुलाई जब कोराना संक्रमण भएको दुहवी नगरपालिका स्वास्थ्य शाखाले फोन मार्फत कोरोना पोजेटिभ भएको खबर संगै लता कपडा जोहो गरी आइसोलेसन जान जानकारी आउन वित्तिकै आफ्नो आत्मबल खस्कीएर गयो । आइसोलेसनको ६ दिनको बसाईमा आइसोलेसनमा रहेको अन्य संक्रमित व्यक्तिहरुसंग दैनिकी व्ययाम, सकारात्मक सोच राख्दा निको भएका बताए । निजले समुदायमा हरेकले स्वास्थ्य सतर्कता अपनाए यसलाई सजिलै जित्न सकिन्ने आफ्नो अनुभव सुनाए ।

यसैगरी आसोलेसनमा उपचारार्थ रहेका २८ वर्षिय दुहवी ६ निवासी पेसाले आफु नाइ रहेको आफनो सैलुनमा विभिन्न भेगका मानिसहरु सेवा लिनका लागि आउने गर्थे आफु कसरी संक्रमित भएको थाहै पाइएन तर हाल मेरो स्वास्थ्य अवस्था राम्रो रहेको दैनिकी व्याम, काढा, सकारात्मक सोच र पौष्टिक आहारको सेवनले आफु स्वस्थ रहेको बताउदै कोरोना भाइरस सावधानीले नै जित्न सकिन्छ, भन्ने समाजका सवै मानिसले बुझ्न जरुरी छ ।

व्यक्तिगत सरसफाइ, सावधानी, मापदण्ड अनुसारको माक्स, भौतिक दुरी कायम गर्ने, हात साबुन पानीले मिचीमिची धुने, व्यायाम गर्ने, पोषिलो खाध्य पदार्थ खाने , सकारात्मक सोच राख्ने गर्दा कोरोना भाइरसलाइ परास्त गर्न सकिन्छ भन्ने पुष्टि भएका छन ।

क्वारेन्टाइनमा बसेका, आइसेलेसनबाट फर्केका व्यक्तिहरु र उनीहरुका परिवारका सदस्यहरुलाइ दुव्र्यवहार, हेला गर्न हुदैन भन्ने सन्देश सबैमा पुग्न जरुरी छ ।

34Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *