चर्चित गायिका रचना रिमालको नयाँ उत्कृष्ट लोक आधुनिक गीत बजारमा (भिडियो सहित)

काठमाडौं : अहिलेकी चर्चित अनि सुरिलो स्वरकी धनी गायिका रचना रिमाल र गायक तथा संगीतकार उत्तम राईको नयाँ उत्कृष्ट लोक आधुनिक गीतको भिडियो “पानी मिठो धाराको” बजारमा आएको छ । रिमाल नेपाल आईडल बाट अर्गानिक स्वरकी धनी भनेर चर्चामा आएकी गायिका हुन् ।

मिरा देवी राईको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार उत्तम राईले संगीत भरेका हुन् । गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा नरेश बिबिसी ले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल “उत्तम राई अफिसियल” मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा स्वयम् गायक अनि गायिकाको अभिनय देख्न सकिन्छ । गीतमा एक अर्काको बयान अनि पहिलेको मिठा यादहरु समेटिएको छ ।

यस गीतको भिडियो निर्देशन एवं सम्पादन प्रविन भट्टले गर्नु भएको हो भने छायांकन अनिल के मानन्धरले गरेका हुन् ।

भिडियो हेर्नुहोस :

1K Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *