पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको भन्दै इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

निमगले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो । निगमले बढाएको मुल्य शनिबार राति १२ बजेबाट लागू हुनेछ ।

नयाँ मूल्य वृद्धिपछि पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य १ सय ४ रुपैयाँ पर्ने छ भने डिजेल र मट्टीतेलको ९० रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार भारतीय आयल कर्पोरेसन्स (आइओसी) ले अगस्ट १ मा पठाएको मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको हो । उपाध्यायले मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा नोक्सान नै छ ।

जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको प्रवक्ता उपाध्यायले बताए । जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको प्रवक्ता उपाध्यायले बताए ।

21 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *