पत्रकार रमेशचन्द्र अधिकारीकाे कविता संग्रह “बुढाे गाैंडा र इष्टेनीहरु” सार्वजनिक

काठमाडौं : पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रह अाज काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको छ ।

उक्त संग्रह शिल्पी थिएटरमा शनिबार एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले कविता संग्रह सार्वजनिक गर्नु भएको थियोे । कविता संग्रह सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकाम धनकुटालाई टपक्कै टिपेको टिप्पणी गर्नुभयो । ‘धनकुटाकाले सुन्दरता र मर्मलाई जो कसैले बुझ्न सक्दैनन्,’ उहाँको भनाइ थियो । यस कविता संग्रहले धनकुटाकाे रितीरिवाज, साँस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ ।

उक्त पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार रत्नमणि नेपालले कविता संग्रहले धनकुटाले फैलाएको संस्कारलाई पुनर्ताजगी गरेको बताए। उहाँले कवि अधिकारीले साँस्कृतिक विविधता र भौगोलिक विविधतालाई महत्वपूर्ण स्थान दिएकोमा खुसी व्यक्त गर्नुभयो ।

साे कार्यक्रममा साहित्यकार गोकुल अधिकारी, पत्रकार राजेश राईलगायतले पत्रकारितामा स्थापित कवि अधिकारीले साहित्यको क्षेत्रमा पनि बलियो उपस्थिति देखाएको टिप्पणी गर्नुभयो ।

‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहका लेखक कवि अधिकारीले पृथ्वीनारायण शाहको पालादेखिको प्रशासनिक थलो धनकुटा प्रादेशिक संरचनामा मुलुक गएपछि राजधानी हुनबाट बञ्चित भएपछि आफूले पुनःस्मरण गराउनमात्रै चाहेको बताउनुभयो । कार्यक्रममा उहाँले शीर्ष कविता वाचन गर्नुभएको थियो ।

पत्रकार रमेश अधिकारीले याे चार वर्ष अगाडि गीति संग्रह ‘पहिलो स्पर्श’ सार्वजनिक गर्नुभएको थियो ।

पुस्तक प्रकाशन पूर्वाञ्चल साहित्य प्रतिष्ठानले गरेको हो ।

27 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *