दुहवी नगरपालिका द्वारा आज ५० जाना काे स्वाब संकलन

6Shares

सुनसरी : सुनसरीको दुहवी नगरपालिकामा आज (विहिबार) दुहवी नगरपालिकाले पिसिआर टेस्ट सुरु गरीएको छ ।

सरोकारवाला सहित सर्वसाधारण समेत गरी ५० जनाको स्वाब (पिसिआर) परीक्षण सुरु गरीएको हो जस्मा दुहवी वजार श्रेत्रका स्थानिय, व्यवसायिक गरी २० जनाको स्वाब सँङ्कलन गरीएको छ ।

त्यसैगरी दुहवी ईलाका प्रहरी कार्यलय दुहवीका ८ जना प्रहरी जवान, दंगा गंणका ११ जना, त्यसैगरी दुहवी नगरपालिका पदाधिकारी तथा कर्मचारी गरी ११ जना गरी ५० जनाको आज स्वाब सँङ्कलन गरीएको छ ।

स्वाब सँङ्कलमा सर्वप्रथम दुहवी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदार, त्यैगरी कार्यकारी अधिकृत विनोद कुमार न्यौपाने, लगायत नगरपालिकाको अन्य पदाधिकारी तथा कर्मचारी, प्रहरी प्रशासनको स्वाब सँकलन गरीएको स्वास्थ्य शाखा प्रमुख विन्देश्वर महतोले बताए । त्यसैगरी स्वाब परीक्षणको दायरा बाढाउँदै लैजाने नगरप्रमुख वेदनारायण गच्छदारले बताउनु भयो ।

6Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *