धनकुटा जिल्लामा कोरोना लाग्न नदिन ४३ हजार भन्दा बढीलाई औषधी वितरण

65Shares

धनकुटा : कोराना भाइरस लाग्न नदिन धनकुटा उद्योग बाणिज्य संघले आज समेट गरी ४३ बजार भन्दा बढीलाई इमिनिटी पावर बढाउने औषधी वितरण गरेको छ ।

महामारीको रुपमा कोरोना भाइरस दिन प्रतिदिन तिव्र रुपमा फैलदै गएकाले धनकुटा जिल्लामा कोरोना भाईरस फैलन नदिनका लागी धनकुटा उद्योग बाणिज्य संघले धनकुटा बजार क्षेत्र लगायत धनकुटाका विभिन्न बजार क्षेत्रहरुमा इमिनिटी पावर बढाउने औषधी व्यापारी, व्यावसायी तथा उपभोक्ताहरुलाई गरी ४३ हजार भन्दा बढीलाई वितरण गरिसकेको छ ।

धनकुटा उद्योग बाणिज्य संघले धनकुटा बजार, हिले बजार, सिधुवा बजार, चित्रे, नेता चौक, मुलघाट, भेडेटार, खुवाफोक, महाभारत, आहाले, बुढीमोरङ, थलथलेमा कोरोना भाईरस विरुद्ध इमिनिटी पावर बढाउने औषधी नमुनाको रुपमा केहीलाई वितरण गरेको र आगामी दिनमा सबै व्यापारी, व्यावसायी र उपभोक्ताहरुलाई वितरण गर्दै जाने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, महासचिव राम वहादुर गोङ्वा, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, लिजा श्रेष्ठ, नविन श्रेष्ठ, कार्यालय प्रमुख सिचन प्रधान, कर्मचारीहरु नवराज श्रेष्ठ, मनिश श्रेष्ठ, मुकेश राई लगायतले धनकुटा जिल्लामा कोरोना भाइरस लाग्न नदिन इमिनिटी पावर बढाउने औषधी वितरण गर्नु भएको थियो ।

65Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *