प्रतिनिधिसभा सासंद सुदन किराँतीकाे पहलमा ९३ वर्षीया बृद्धले पाए नागरिकता

17Shares

भोजपुर : भोजपुरका ९३ वर्षीय लाटा सार्कीले प्रतिनिधिसभा सासंद सुदन किराँतीको पहलमा आज नागरिकता पाएका छन् । सासंद राईले उनी बसोबास गर्दै आएको भोजपुर अरुण गाउँपालिका स्थित प्याउलीको सडकमै पुगेर नागरिकता वितरण गरेका हुन् ।

नागरिकता वितरण गर्दै सासंद राई ‘कुनै पनि नेपाली नागरिक नेपाली नागरिकता लिनबाट बञ्चित हुने छैन भनेर संविधानमा उल्लेख गरिएपनि अहिले सम्म ९३ वर्षको वृद्धले नागरिकता नपाउनु दुखद रहेको बताए ।’ जिल्लाका मानव अधिकारकर्मी तथा सासंद राईको विशेष पहलमा उनलाई नागरिकता प्रदान गरिएको हो ।

भोजपुरको पौवादुङ्मा स्थित बास्तिम घर भएका लाटा सार्की सानै उमेर देखि मावली घर चम्पेमा बसोबास गर्दै आएका थिए । मावली सबैको देवशान भएपछि उनी प्याउली स्थित मुख्य सडक खण्डमा विगत २५ बर्ष देखि बेसाहरा बनेर बस्दै आएको स्थानीय नेकपाका युवा नेता नारायण घिमिरेले बताए ।

उनलाई नागरिकता दिलाउन केही समय अघि देखि नै भोजपुरका महिला अधिकारकर्मीहरुले पहल गर्दै आएका थिए । तर स्थानीय तहका प्रमुख, वडा अध्यक्षले चासो नदिँदा आज सम्म उनी नेपाली नागरिकता पाउनबाट बञ्चित रहेको महिला अधिकारकर्मी सम्झना प्रधानले जानकारी दिइन् । उनले भनिन् ‘हामीले उहाँलाई नागरिकता दिलाउँन सक्दो प्रयास गर्र्यो । सम्बन्धित निकायले चासो नदिँदा दुख लागेको छ । नेपालको हरेक नागरिकको अधिकार हो, नागरिकता पाउने तर ९३ वर्षको वृद्धले नपाउँदा दुख लागेको थियो । ढिलो भएपनि नागरिकता पाउँनु भयो खुसी लाग्यो ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी, सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाल लुईटेल लगायतको सहभागिता रहेको थियो । उनलाई वशंजको आधारमा नागरिकता प्रदान गरिएको छ । वृद्धलाई संरक्षणका लागि एक ÷ दुई दिनमा विराटनगरमा रहेको मानव आश्रम केन्द्रमा ल्याउने कार्य भईरहेको सासंद किराँतीले बताए ।

17Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *