सुनसरीको दुहवीमा नरसिंह हिन्दु सेनाकाे सदभाव र्‍याली

2.1K+Shares

सुनसरी : सुनसरीको दुहवीमा नरसिंह हिन्दु सेनाले सदभाव र्‍याली सहित बजार परिक्रमा गरेको छ ।

नरसिंह हिन्दु सेनाले आज दुहवीमा गौ हत्या गर्न पाइदैन, राष्ट्रिय जनावरको रक्षा गरौ, हिंन्दु धर्मको रक्षा गरौ, सनातन धर्मको रक्षा गरौ, गौ हत्यालाई कारवाही गरौ नारा लगाउदै र प्लेकाड सहित आज दुहवी बजार परीक्रमा गरेका थिए ।

दुहवी ६ स्थित रहेको शिव मन्दिरबाट सुरु भएको नरसिंह हिन्दु सेनाले सदभाव र्‍याली बजार परिक्रमा गरी दुहवी नगरपालिकामा अन्त्य भएको थियो । उक्त नरसिंह सेनाका दुहवीका शिवा साह, राजविराजका सागर झा, विष्णु प्रसाद साह, अजय दास, इनरुवाका प्रेम साह नेतृत्व गरेको थियो ।

उक्त र्याली पश्चत दुहवी नगरपालिकामा हिन्दु संस्कृतिको रक्षाको लागि दुहवी नगर प्रमुख बेदनारायण गच्छदारलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

2.1K+Shares

One thought on “सुनसरीको दुहवीमा नरसिंह हिन्दु सेनाकाे सदभाव र्‍याली

  1. Correction : उक्त नरसिंह सेनाका दुहवीका शिवा साह,
    राजविराजका नमन सिंह, सागर झा, विष्णु प्रताप साह, अजय दास,
    इनरुवाका प्रेम साह नेतृत्व गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *