सबै बैंक तथा वित्तीय संस्थाका कार्यालय पुनः बिहीबारदेखि बन्द गर्न बाणिज्य बैंककाे निर्देशन

22Shares

काठमाडौं : मन्त्रिपरिषद् बैठकको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालयहरु फेरि
नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या बढेसंगै बिहीवारदेखि फेरि बन्द हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकलाई सिमित शाखा कार्यालय मात्रै खोल्न निर्देशन दिँदै अधिकांश शाखा बन्द गर्न निर्देशन दिएको छ ।

आईतवारदेखि बैंकहरूले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए । बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्रबैंकले सबै शाखा कार्यालयहरू नखोल्न कडा निर्देशन दिएको छ ।

राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अब बैंकका कर्मचारीहरूले परिचयपत्र वा बैंकको चिठी देखाएर आवातजावत गर्न नपाउने बताए । सीमित शाखाहरू खोल्नका लागि राष्ट्रबैंकले बुधवार बैंकहरूलाई केही पास वितरण गरेको छ । पास लिएर मात्रै बैंकका कर्मचारीहरू आवातजावत गर्न पाउने भएका छन् ।

ढकालका अनुसार राष्ट्रबैंकले २७ वाणिज्य बैंकहरूलाई २० वटाका दरले पास वितरण गरेको छ भने विकास बैंकहरूलाई १० वटाका दरले पास दिएको छ ।

फाइनान्स कम्पनीहरूलाई ८ वटा र लघुवित्त वित्तीय संस्थाहरूलाई प्रतिसंस्था ५ वटाका दरले पास वितरण गरिएको ढकालले बताएका छन् ।

वाणिज्य बैंकका सीईओहरूको संगठन नेपाल बैंकर्स संघले पनि भोलिबाट सबै शाखा कार्यालय नखोल्ने निर्णय गरेको छ । संघका कार्यकारी निर्देशक अनिल शर्माले आवश्यकता अनुसार थोरै कर्मचारी राखेर केही शाखाबाट मात्रै सेवा दिने मौखिक निर्णय भएको बताएका छन् ।

22Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *